भोजपुर– षडानन्द नगरपालिकाको आयोजनामा दिङ्ला बजारको अनुगमन गरिएको छ । षडानन्द नगरपालिकाकी उपप्रमुख प्रमिला राईको संयोजकत्वमा रहेको अनुगमन टोलीले मंगलबार बजारको अनुगमन गरेको हो । अनुगमनमा नगर प्रमुख सुरेन्द्र कुमार उदास, ईलाका प्रशासन कार्यालय प्रमुख विनोद अधिकारी, ईलाका प्रहरी कार्यालय प्रमुख कैलाश कुमारा अधिकारी , जनप्रतिनिधिहरु उद्योग वाणिज्य संघ दिङ्लाका अध्यक्ष रमेश श्रेष्ठ साथै नगरपालिकका कर्मचारीको उपस्थितिमा बजारको अनुगमन गरिएको नगरपालिकाकी उपप्रमुख तथा अनुगमन संयोजक प्रमिला राईले बताईन् ।
बजार अनुगमनको क्रममा भेटिएको म्याद गुज्रिएको सामग्रीहरु मुचुल्का उठाई नष्ट गरिएको छ । केहि कागजी प्रकृयामा समस्या भएका पसलहरुलाई आवश्यक कागजपत्रको तयार गर्न जानकारी गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख कैलाश कुमार अधिकारीले बताए ।
उपभोक्ताहरुले गुणस्तरीय खाद्यन्न उपभोग गर्न पाउनु पर्छ अब समय समयमा बजारको अनुगमन हुने ईलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले बताए ।
बजारमा भएका अनाधिकृत रुपमा सञ्चालित पसल तथा फर्महरुलाई आधिकारिक बनाउन आवश्यक प्रकृयाको बारेमा जानकारी गराईएको छ । नगरपालिकाकी उपप्रमुख भन्छिन “आगमी समयमा हुने अनुगमन कडाईका साथ गर्ने छौं यो पटक केहि म्याद गुज्रिएका सामग्री नष्ट गरेका छौं हाम्रो चाहाना भनेको नगरबासी तथा यस बजारका उपभोक्ताहरुले ढुक्कले खाद्यन्न तथा दैनिक उपभोग्य वस्तुको उपभोग गर्न पाओस भने हो” ।