भोजपुर– षडानन्द नगरपालिका वडा नं. ७ मा दिपावलीको अवसरमा टोल स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । षडानन्द नगरपालिका वडा नं. ७ वडा खेलकुद विकास समितिको आयोजनामा कार्तिक २५ गतेदेखि प्रतियोगिताको आयोजना हुने षडानन्द नगरपालिका वडा नं. ७ का वडाध्यक्ष दिपेश विष्टले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटनमा उद्योगी व्यवसायी र कर्मचारीको मैत्रीपुर्ण खेलद्धारा उद्घाटन हुने भएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोले क्रमशः नगद रु. २० हजार, १५ हजार र १० हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता षडानन्द नगरपालिका वडा नं. ७ मा अवस्थित आबाल ब्रम्हाचारी षडानन्द अधिकारीको जन्म घडेरीमा रहेको खेल मैदानमा हुने छ ।

प्रतियोगिताको उद्घाटन कार्तिक २५ गते हुने र समापन २७ गते हुने समेत वडाध्यक्ष जानकारी दिए ।

तपाईको प्रतिक्रिया