भोजपुर– षडानन्द नगरपालिकाले आफ्नो आधिकारिक फेसबुक फेजमा सार्वजानिक गरेको सुचना हटाएको छ । २०८० मंसिर १३ गते सार्वजानिक गरेको बालाचर्तुदशी मेलामा दिङ्ला बजारमा बदाम सुन्तला बेच्न नपाउने भनि सार्वजानिक गरेको सुचना सामाजिक सञ्जालमा सर्वत्र आलोचना भएपछि हटाएको छ । अहिले षडानन्द नगरपालिकाको आधिकारिक फेसबुक पेजमा उक्त सुचना देखिदैन सुचना यस्तो थियो ।

बजार व्यवस्थापन समिति साथै सम्पुर्ण सरोकारवालाहरुको संयुक्त निर्णय भन्दै सुचना सार्वजानिक गरिएको थियो । चौतर्फी आलोचना भएपछि नगर प्रमुख र उपप्रमुख दुबै जनाले सामाजिक सञ्जाल मार्फत गलत अर्थ हुने गरि सुचना सार्वजानिक भएको हो त्यस्तो निर्णय नभएको प्रष्ट पारेका छन् ।

हेर्नुहोस नगर प्रमुख र उप–प्रमुख सामाजिक सञ्जालमा के लेखेका छन् ।

 

 

तपाईको प्रतिक्रिया