International Page

Quay lại trang danh sách Hôm nay ăn gì: Lưu ngay 190 thực đơn hằng ngày đơn giản, dễ làm, đầy đủ dinh dưỡng Thích sự kiện ...

समाचार प्रभावः मुलपानी स्वास्थ्य केन्द्रमा पोष्टमार्टम सेवा सुरु

समाचार प्रभावः मुलपानी स्वास्थ्य केन्द्रमा पोष्टमार्टम सेवा सुरु
भोजपुर- भोजपुरको षडानन्द नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र मुलपानीमा पोष्टमार्टम सेवा सुरु भएको छ । जनगुनासो डट कमले २०८३ वैशाख १६ गते षडानन्द नगर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम नहुँदा स्थानीयलाई कष्ट शीर्षकमा समाचार प्रकाशन गरी समस्या उजागर गरेको थियो । समाचार प्रकाशनपछि सम्बन्धित निकायको ध्यानाकर्षण भई आवश्यक पहल गरिएसँगै अहिले स्वास्थ्य केन्द्रबाट पोष्टमार्टम सेवा उप...

छौँखा साकेन्वा रनिङ शिल्ड प्रतियोगिताको उपाधी षडानन्दलाई

छौँखा साकेन्वा रनिङ शिल्ड प्रतियोगिताको उपाधी षडानन्दलाई
भोजपुर-आम्चोक खेलकुद विकास समितिको आयोजनामा भएको छौँखा साकेन्वा रनिङ शिल्ड प्रतियोगिताको उपाधी षडानन्दले हात पारेको छ । फाईनल खेलमा षडानन्द नगरपालिका भलिबल टिमले आम्चोक गाउँपालिकालाई सोझो सेटमा हराउँदै उपाधी हात पारेको हो । उक्त प्रतियोगितामा महिलातर्फ लेटाङ नगरपालिका प्रथम भएका छन् भने आम्चोक गाउँपालिका नै दोस्रो भएको हो । पुरुष तर्फको सेमिफाईनलिष्ट चम्पादेबी गाउँपालिका ओखलढुङ्गा र पाथीभरायाङव...

पत्रकार महासंघ भोजपुरद्धार एक जना सम्मानित, चार पत्रकार पुरस्कृत

पत्रकार महासंघ भोजपुरद्धार एक जना सम्मानित, चार पत्रकार पुरस्कृत
भोजपुर- नेपाल पत्रकार महासंघ भोजपुरद्वारा एक जना सम्मानित तथा चार जना पत्रकार पुरस्कृत भएका छन् । शाखाको वार्षिक साधारण सभाको अवसरमा अग्रज पत्रकार तथा शाखाका पूर्व अध्यक्ष साहिमान राई सम्मानित भएका हुन् । उनलाई सम्मानपत्रसहित शाखाका अध्यक्ष ध्रुव सुवेदीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । साथै साधरण सभाको अवसरमा भोजपुरका चार जना क्रियाशिल पत्रकारहरु पुरस्कृत भएका छन् । शाखाले मनमाया श्रेष्ठ–...

वृहत कार्यक्रम सहित दिङ्लामा उभौली पर्वको समापन

वृहत कार्यक्रम सहित दिङ्लामा उभौली पर्वको समापन
भोजपुर । भोजपुरको दिङ्लामा वृहत सांस्कृतिक कार्यक्रमसहित उभौली पर्वको भव्य समापन गरिएको छ । किराँत राई यायोक्खा षडानन्द नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा तुम्लिङटारसहित १६ वटा शिलि प्रदर्शन टोली सहभागी भएका थिए । सहभागी टोलीहरूले परम्परागत भेषभूषा र मौलिक संस्कृतिसहित आकर्षक साकेला शिलि प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई रहेका थिए भने षडा...

सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने

सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएसँगै अब असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू हुने भएको छ । यसपटक बोर्डले एकमहिना भित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो । कतिपय विद्यालयहरुले एसईई नतिजाको भोलिपल्टैदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन थालिसकेका छन् ।

शारदा माविका रितिना सहित भोजपुरमा तीन जनाले चार जीपीए ल्याए

शारदा माविका रितिना सहित भोजपुरमा तीन जनाले चार जीपीए ल्याए
भोजपुर — भोजपुरको षडानन्द नगरपालिका वडा नं. ११ शारदा माविबाट रितिना राईले चार जिपिए सहित एसईई पास गरिन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर राईका अनुसार रितिकाले विद्यालयबाट पहिलोपटक रितिना चार जिपिए प्राप्त गरेको हो । रितिका षडानन्द नगरपालिका वडा नं. १० साङपाङ निवासी विद्यार्थी हुन् । जिल्लामा रितिका सहि अन्य दुईजनाले चार जिपिए सहित एसईई पास गरेका छन् । निजि विद्यालयबाट न्यु समिट बोर्डि...

चारमा चार जिपिए लिएर न्यू समिटका अर्पण श्रेष्ठले पास गरे एसईई

चारमा चार जिपिए लिएर न्यू समिटका अर्पण श्रेष्ठले पास गरे एसईई
भोजपुर – रष्ट्रिय परिक्षा बोर्डले हिजो मात्रै सार्वजानिक गरेको एसईईको नतिजामा चार जिपिए लिएर न्यू समिटका अर्पण श्रेष्ठले एसईई पास गरेका छन् । यो नतिजा अहिले सम्मकै उत्कृष्ट भन्दै अर्पण सहित एसईई पास गर्ने सबै विद्यार्थीहरुलाई विद्यालयले शुभकामना सामाजिक सञ्जाल मार्फत दिएका छन् । चारमा चार जिपिए ल्याउन सफल श्रेष्ठ षडानन्द नगरपालिका वडा नं. ८ का विद्यार्थी हुन् । विद्यालयबाट एसईई दिने यो १० औं ब्...

एमालेले भन्यो– न्यायपालिका प्रमुख प्रधानमन्त्रीको तजबिजबाट निर्धारण हुने खतरा बढ्यो

एमालेले भन्यो– न्यायपालिका प्रमुख प्रधानमन्त्रीको तजबिजबाट निर्धारण हुने खतरा बढ्यो
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले न्यायपालिकाको प्रमुख बन्ने कुरा प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्ने खतरा बढेको भन्दै आपत्ति जनाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा एमाले सांसद पद्मा अर्यालले सरकारले ल्याएको अध्यादेश र अध्यादेश कार्यान्वयन गर्दैगर्दा प्रधानन्यायाधीश सिफारिसको विषयले स्थापित मान्यताको धज्जी उडाएको टिप्पणी गरिन् । ‘न्यायपालिकाको प्रमुख को हुने भन्ने...

प्रतिनिधिसभा बैठक सभामुखको आग्रहपछि अघि बढ्यो

प्रतिनिधिसभा बैठक सभामुखको आग्रहपछि अघि बढ्यो
प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । केहीबेरबाट सुरु भएको प्रतिनिसभा बैठकको सुरुमै विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए । बैठक सुरु हुनासाथ उनीहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गरेका थिए । उनले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भनेका थिए । सभामुखको आग्रहपछि बैठक सञ्चालन भएको हो ।