मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त
प्रदेश नंं. १ को मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त हुनुभएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले राईलाई आज मुख्यन्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६० को उपधारा(२) बमोजिम नियुक्त मुख्यन्यायाधिवक्ता राईलाई आज प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख प्रदीपकुमार भण्डारीको समुपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम...