भारत र चीनको विकास संगै नेपालको विकास भएन भने देशमा संकट आउँछः मुख्यमन्त्री राई
भोजपुर– नेपालको विकास भारत र चीनको संगसंगै भएन भने देश अप्ठ्यारो परिस्थितिमा जाने प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले बताएका छन् । भारत र चीनको विकास छिटो हुँदा नेपाललाई अफ्ठ्यारो पर्ने मुख्यमन्त्री राईले बताएका छन् ।
भारत र चीनको विकास छिटो हुँदा नेपालका युवाहरु रोजगारीको लागि उतै जाने, विरामी भए राम्रो उपचारको लागि उतै जाने, राम्रो देशमा राम्रो शिक्षा हुने भएकोले शिक्षा लिनको ल...