भोजपुर — नेपाली कम्युनिष्ट पार्टीमा काम गर्न सक्ने र सक्षम नेतृत्व रहेको नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र कुमार राईले बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी षडानन्द नगरपालिकाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले अन्य पार्टीको नेतृत्वको तुलनामा नेपाली कम्युनिष्ट पार्टीका नेताहरू काम गर्न बढी सक्षम रहेको दाबी गरे ।
राईले आफू छोटो समयका लागि मुख्यमन्त्री हुँदा साढे ४ अर्ब रुपैयाँभन्दा बढी बजेटका योजनाहरू अघि बढाएको र सांसद रहँदा पनि भौतिक पूर्वाधारदेखि विभिन्न विकासका योजनाहरूमा सक्रिय पहल गरेको प्रमाणित भइसकेको बताए। त्यसैले अब भोजपुरको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेमा कुनै समस्या नरहेको उनको भनाइ थियो
उनले भोजपुरको आमचोक गाउँपालिकामा असोक राई दुई–दुई पटक अध्यक्षमा निर्वाचित हुन सफल नेतृत्व यसको उदाहरण भएको उल्लेख गरे। त्यस्तै, षडानन्द नगरपालिकाकी उपप्रमुख प्रमिला राई जनमुखी काम गर्ने सक्षम जनप्रतिनिधि भएको पनि उनले बताए ।
साथै नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध धेरै जनप्रतिनिधिहरू जनमुखी कार्य गर्दै जनतामाझ लोकप्रिय बन्दै गएको उनले बताए









