भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु
भोजपुर– भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना भएको छ । बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेको हो । दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए । घाइतेहरुलाई उद्धार...

पायल्स, फिस्टुला र फिसर सम्बन्धि दुईदिने निशुल्क आयुर्वेद शिविर

पायल्स, फिस्टुला र फिसर सम्बन्धि दुईदिने निशुल्क आयुर्वेद शिविर
भोजपुर– षडानन्द नगरपालिकाको आयोजनामा दुईदिने पायल्स, फिस्टुला र फिसर सम्बन्धि निशुल्क शिविरको सुरु भएको छ । षडानन्द नगरपालिका अन्र्तगतको दिङ्ला आर्युवेद औषधालयको आयोजनामा शिविर चैत्र २ र ३ गते सञ्चालन हुनेछ । हामि हत्तार गर्छाै हामीलाई केहि हुन नपाई औषधी खानु पर्ने हतार छ, छिटो निको हुने भ्रमले आज आयुर्वेदिक औषधीहरु लोप हुँदै गएको छ । भरपर्दाे औषधी तथा उपचार विधि यहाँ छ यस शिविरले समग्र पालिकाव...

भोजपुर जिल्लाको तुङ्गेछा केन्द्रविन्दु बनाएर ४ रेक्टरस्केलको भुकम्प

भोजपुर जिल्लाको तुङ्गेछा केन्द्रविन्दु बनाएर ४ रेक्टरस्केलको भुकम्प
भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नं. ८ तुङ्गेछा केन्द्रविन्दु बनाएर ४ रेक्टरस्केलको भुकम्प गएको छ । भुकम्प शुक्रबार बिहान १ः ११ मिनेट जाँदा भुकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो।

देशको लागि स्वर्ण सहित चार पदक दिलाउने दुई खेलाडीलाई जिल्लामा स्वागत

देशको लागि स्वर्ण सहित चार पदक दिलाउने दुई खेलाडीलाई जिल्लामा स्वागत
भोजपुर– सातौं क्षिण एसियाली आई.टि.एफ च्याम्पिएनसिप प्रतियोगितामा देशको लागि स्वर्ण सहित चार पदक दिलाउने भोजपुरका दुई खेलाडीलाई जिल्लामा स्वागत गरेको छ । भोजपुर जिल्ला आई.टि.एफ तेक्वान्दोको आयोजनामा भएको स्वागत तथा सम्मान कार्यक्रम ¥याली सहित गरेको हो । भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार परिक्रमा साथै कोणसभा गरेर स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । परिक्रमा बजार प्रवेश गर...

भारतमा सम्पन्न दक्षिण एसियन आई.टि.एफ तेक्वान्दो प्रतियोगितामा २२ स्वर्ण सहित नेपाल दोस्रो

भारतमा सम्पन्न दक्षिण एसियन आई.टि.एफ तेक्वान्दो प्रतियोगितामा २२ स्वर्ण सहित नेपाल दोस्रो
भोजपुर– भारतमा सम्पन्न दक्षिण एसियाली च्याम्पिएन आई.टि.एफ तेक्वान्दो प्रतियोगितामा २२ स्वर्ण पदक सहित नेपाल दोस्रो भएको छ । महिला÷पुरुष गरि जम्मा ६ वटा विद्यामा नेपाल २२ स्वर्ण, १५ रजत र २५ कास्या गरि ६२ पदक सहित दोस्रो भएको हो । भारतको हैदराबादमा अगष्ट ४ देखि ६ तारिकसम्म आयोजित दक्षिण एसियाली च्याम्पिएनसिपमा भारत प्रथम, नेपाल दोस्रो र बंगलादेश तेस्रो भएको हो । नेपालको प्रतिनिधित्व गर्दै ७ ...

सातौं दक्षिण एसियन आई.टि.एफ तेक्वान्दो प्रतियोगितामा भोजपुरका खेलाडीले नेपाललाई ४ पदक दिलाए

सातौं दक्षिण एसियन आई.टि.एफ तेक्वान्दो प्रतियोगितामा भोजपुरका खेलाडीले नेपाललाई ४ पदक दिलाए
भोजपुर– भारतको हैदराबादमा अगस्ट सम्पन्न दक्षिण एसिउन च्याम्पिएनसिप आई..टि.एफ तेक्वान्दो प्रतियोगितामा एक स्वर्ण पदक सहित ४ पदक भोजपुरका खेलाडीले नेपाललाई दिलाएका छन् । अगष्ट ४ तारिकदेखि ६ तारिक सम्म सञ्चालन भएको खेलमा नेपालको प्रतिनिधित्व गर्दै भोजपुरका वीर बहादुर तामाङ र सजिना तामाङले विभिन्न विधामा ४ पदक प्राप्त गरेका हुन् । ग्रुप स्पाईरिङ तर्फ सजिना तामाङले गोल्ड मेडल प्राप्त गरेका छन् भने उ...

प्रथम कोशी प्रदेश स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगितामा सुनसरी प्रथम

प्रथम कोशी प्रदेश स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगितामा सुनसरी प्रथम
भोजपुर– प्रथम कोशी प्रदेश स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगितामा सुनसरी जिल्ला प्रथम भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति भोजपुरको संयोजनमा भोजपुरको दिङ्लामा सम्पन्न भएको प्रतियोगितामा सुनसरी जिल्ला प्रथम भएको हो । प्रतियोगितामा प्याट्रन र स्पाईरिङ तर्फ गरि महिला पुरुष २२ वटा विद्यामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र ४ कास्...

भोजपुरमा कोशी प्रदेश स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगिता सुरु

भोजपुरमा कोशी प्रदेश स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगिता सुरु
भोजपुर– भोजपुरको दिङ्लामा कोशी प्रदेश स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति भोजपुरको संयोजनमा दुई दिने प्रतियोगिता बुधबार २० गते षडानन्द नगरपालिकाकी उपप्रमुख प्रमिला राइले उद्घाटन गरेकी छिन् । प्रतियोगितामा ईलाम, पाँचथर, मोरङ, झापा, सुनसरी र भोजपुर जिल्लाका एक सय जना भन्दा बढी खेलाडीहरु सहभागी छन् । आई.टि. एफ खे...

कोशी प्रदेशको निर्णय विरुद्ध भोजपुरको दिङ्लामा विरोध कार्यक्रम

कोशी प्रदेशको निर्णय विरुद्ध भोजपुरको दिङ्लामा विरोध कार्यक्रम
भोजपुर–जिल्लामा परेको ठुला योजना खारेज गर्ने निर्णय गरेपछि भोजपुरवासीले कोशी प्रदेश सरकारको विरोध गरेका छन् । दिङ्ला–तिन्तले, तिन्तले–भोजपुर कालोपत्रे सडक योजना कोशी प्रदेश सरकारले खारेज गर्ने निर्णय गरेपछि प्रदेश सरकारको विरोधमा भोजपुरवासीहरु उत्रेका छन् । बुधबार भोजपुरको दिङ्ला बजारमा विभिन्न राजनितिक दल, उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समिति साथै सम्पुर्ण भोजपुरवासीहरुले प्रदेश सरकारको व...

टेम्केमैयुङ गाउँपालिकाको गौरवको योजना “दुध मिसन”

टेम्केमैयुङ गाउँपालिकाको गौरवको योजना “दुध मिसन”
भोजपुर– असार १० भन्दा अगाडी स्थानीय तहहरुले आफ्नो बजेट निर्माण गरिसक्नु पर्ने व्यवस्था अनुसार सबै देशभरका स्थानीय तहहरुको निती तथा कार्यक्रम र बजेट सार्वजानिक भईरहेको छ । यहि क्रममा भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले पनि आर्थिक वर्ष २०८०÷०८१ को लागि आफ्नो निती तथा कार्यक्रम सहित बजेट पारित गर्दै १४ औं गाउँसभा सम्पन्न गरेको छ । आफ्नो निती तथा कार्यक्रममा पालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखे...