पौवादुङमामा पञ्चकन्या मन्दिर निर्माणका लागि महायज्ञबाट एक करोड संकलन
भोजपुरको पौवादुङमा गाउँपालिकामा पञ्चकन्या मन्दिर निर्माणका लागि सञ्चालन गरिएको ‘विराट ज्ञानमहायज्ञ तथा पौवादुङमा सांस्कृतिक महोत्सव–२०८३’ बाट कुल रु. १ करोड ७ हजार संकलन भएको छ।
वैशाख ९ देखि १८ गतेसम्म सञ्चालन भएको उक्त धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आय–व्यय सोमबार सार्वजनिक गरिएको हो। महायज्ञ मूल समारोह समितिका संयोजक सन्तोष कोइरालाका अनुसार संकलित रकममध्ये रु. २४ लाख ३८ हजार खर्च भएको छ। ...








