टेम्केमैयुङ गाउँपालिकामा इन्डक्सन चुलो वितरण हुँदै
भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा असोज २९ गतेदेखि विद्युतीय इन्डक्सन चुलो वितरण हुने भएको छ । यसअघि फाराम भरेका लाभग्राहीले ३० प्रतिशत लागत सहभागिताबापत १ हजार २ सय ३५ रुपैयाँ बुझाउनुपर्नेछ।
चुलो लिन फाराम भरेको निस्सा, १६ एम्पियर वा सोभन्दा बढी क्षमताको एमसीबी जडानसम्बन्धी कागजात र नेपाली नागरिकताको प्रतिलिपिसहित गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न सूचनामार्फत अनुरोध गरिएको छ।











