छौँखा साकेन्वा रनिङ शिल्ड प्रतियोगिताको उपाधी षडानन्दलाई
भोजपुर-आम्चोक खेलकुद विकास समितिको आयोजनामा भएको छौँखा साकेन्वा रनिङ शिल्ड प्रतियोगिताको उपाधी षडानन्दले हात पारेको छ । फाईनल खेलमा षडानन्द नगरपालिका भलिबल टिमले आम्चोक गाउँपालिकालाई सोझो सेटमा हराउँदै उपाधी हात पारेको हो ।
उक्त प्रतियोगितामा महिलातर्फ लेटाङ नगरपालिका प्रथम भएका छन् भने आम्चोक गाउँपालिका नै दोस्रो भएको हो । पुरुष तर्फको सेमिफाईनलिष्ट चम्पादेबी गाउँपालिका ओखलढुङ्गा र पाथीभरायाङव...











