संखुवासभा, संखुवासभाको मकालु गाउँपालिका १ वालुङमा कुटपिटबाट एक जनाको ज्यान गएको छ। कुटपिटबाट मकालु–१ का ओङ्जु शेर्पाको ज्यान गएको वडाअध्यक्ष वाङदी शेर्पाले जानकारी दिए। छिमेकी पासाङ दावा शेर्पाले ओङजु शेर्पालाई कुटपटि गरेर घाइते बनाएका थिए।

घाइते भएका ओङजुको स्थानिय स्वास्थ्य चौकीमा उपचार गरेर थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउदै गर्दा शनिबार बाटैमा मृत्यु भएको वाङदी शेर्पाले बताए। पासाङले मादक पदार्थ सेवन गरेर ओङजुलाई कुटपिट गरेर घाइते बनाएका थिए।

घाइते ओङजुको उपचारका लागि खाँदबारी ल्याउदै गर्दा मकालु ५ मा मृत्यु भएको बताइएको छ। प्रहरीले हत्यामा संलग्न भएका मकालु १ का पासाङ दावा शेर्पालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका पासाङको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया