खाँदबारी, संखुवासभाको खाँदबारी नगरपालिका ३ को मत गणनाको दोस्रो अपडेट अनुसार नेपाल कम्युनिष्ट पार्टीका उम्मेद्वार भरत कुमार घिमिरेले अग्रता लिएका छन् ।

पहिलो ८ सय ५ मत गणनामा घिमिरेले ५ सय १४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका बिक्रम गुरुङले २ सय ८४ मत प्राप्त गरेका छन् । जसमध्ये ९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आज भएको उपनिर्वाचनको मतदानमा खाँदबारी ३ को वडाध्यक्ष पदका लागि १ हजार २ सय ७१ मत खसेको छ । खाँदबारी ३ का लागि महेन्द्र मावि मानेभञ्ज्याङमा मतदान भएको थियो ।

खाँदबारी नगरपालिका ३ को अध्यक्ष पदका लागि दुई राजनीतिक दलले मात्र उम्मेदवारी दिएका थिए।

तपाईको प्रतिक्रिया