संखुवासभा, महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ११ औ जन्मजयन्तीको अवसरमा जिल्ला कारागारमा कविता प्रतियोगिता सम्पन्न भएको छ ।
मकालु साहित्य समाज संखुवासभाले आयोजना गरेको प्रतियोगितामा देव गुरुङ पहिलो, सुनिता राई दोश्रो र सुजन विक तेश्रो भएको अध्यक्ष तारावहादुर बुढाथोकीले बताए । उक्त अवसरमा जिल्ला कारागारका जेलर विनोद अधिकारीलाई अध्यक्ष बुढाथोकीले प्रसंसापत्र ले सम्मान गरे।







