भोजपुर, सि लिड्स आईकन दोस्रो सिजनको उपाधी षडानन्द नगरपालिका उपप्रमुख प्रमिला राईले जितेका छन् । राई कल्प ईम्पावर वुमन नेपालद्धारा महिला जनप्रतिनिधिहरुको सुकर्मलाई सञ्चार गर्न अभियानका साथ आयोजित आईकन दोश्रो संस्करणको विजेता बन्न सफल भएका हुन् ।

सोमबार दोस्रो संस्करणको निर्णायकहरुसंगको अन्र्तवार्ता सकिएसंगै महिला जनप्रतिनिधिहरुको उत्सव तथा अवार्ड वितरण समारोहमा उपाधी विजेता राईलाई नेपालको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट अवार्ड प्रधान गरिएको हो ।
आईकनको दोस्रो सिजनमा १११ जना महिला जनप्रतिनिधिको आवेदनमध्ये कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट ५ , बागमती प्रदेशबाट ५ , गण्डकी प्रदेशबाट ४ ,लुम्बिनी प्रदेशबाट ४ , कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ५ जना गरी जम्मा ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधिहरु छनोट भएका थिए। जस्मा ७ जना प्रमुख र २४ जना उपप्रमुख सहभागी थिए।











