भोजपु–संखुवासभाको खाँदबारी नपा–९ तुम्लिङटारमा स्कर्पिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। बा २० च ९५०२ नम्बरको स्कर्पिओले ठक्कर दिँदा भोजपुरको षडानन्द न.पा–५ की ३ वर्षीया मनीषा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।

शनिबार दिउँसो साढे १२ बजे तुम्लिङटार बस स्टेशन नजिकै पैदल यात्री भोजपुरको षडानन्द–५ की ३ वर्षीया बालिकालाई बाटो काट्ने क्रममा स्कर्पिओले ठक्कर दिएको थियो। स्कर्पिओको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मनकामना सामुदायिक अस्पताल तुम्लिङटारमा मृत्यु भएको प्रहरी निरीक्षक खनालले बताए।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। स्कर्पिओ चालक पाँचखपन नपा–१ का गोविन्द श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया