मादी, मादी नगरपालिकाको मुख्य सडक राम मन्दिर ओखरवोटे सडक अनुगमन गरिएको छ । नगर स्तरिय अनुगमन समिति संयोजक तथा उपमेयर उर्मिला नेपाल सुवेदिको नेतृत्वमा नगरकार्यकारी प्रमुख, प्राविधिक, राजनितिक दलका प्रमुख, वडाध्यक्षहरु र सर्वसाधारणहरुको सहभागितामा स्थलगत अनुगमन गरिएको छ।

१०.५ किलो मिटर सडक डेढ वर्ष अघि बज्र गुरु कन्ष्ट्रक्सन प्रालिले निर्माण कार्य सुरु गरेको थियो । दुई वर्षमा सडक कालोपत्रे गरि काम सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्भौता अवधी सकिन अब ६ महिना मात्रै रहेकोले अनुगमन गरिएको ईन्जिनियर सुमन कुमार दाहालले बताए ।

हालसम्म ४२ प्रतिशत मात्रै काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । ठेकेदारको तर्फवाट रेवन बस्नेतले भने काम समयमै सम्पन्न गर्ने भनी बिस्वास दिलाए ।

तपाईको प्रतिक्रिया