भोजपुर — चैत्र १ गते मंगलबार आएको हावाहुरी तथा चट्याङका कारण भोजपुरका विभिन्न स्थानमा ठूलो क्षति भएको छ। घटनामा २ जनाको ज्यान गएको छ भने ८० लाख बराबरको क्षति भएको छ । साल्पासिलिछो–५ मा रुख ढल्दा ढुङ्गा उछिटिएर लाग्दा आशिष तामाङको मृत्यु भएको छ भने षडानन्द–९ मा चट्याङ लागेर शर्मिला तामाङको ज्यान गएको प्रहरीले जनाएको छ।
हावाहुरीका कारण भोजपुर नगरपालिका, आमचोक, पौवादुङ्मा लगायत क्षेत्रमा सयौँ घरका छाना उडेका छन् । धेरै घर पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
विद्यालय, सशस्त्र प्रहरी भवन, एफएम टावर, नेपाल टेलिकमको टावर र सवारी साधनमा समेत क्षति पुगेको छ । केही स्थानमा रुख ढलेर गाडी तथा पूर्वाधारमा असर परेको छ । प्रहरीका अनुसार प्रकृतिक विपत्तिले भोजपुरमा ८० लाख बराबरको भएको जानकारी दिएको छ ।









