भोजपुर-चापाँगाई समाज काठमाडौले षडानन्द सीताराम मन्दिर परिसरमा रहेको धर्मशालालाई आवश्यक जिन्सी सामग्री हस्तान्तरण गरेको छ । समाजका पदाधिकारीहरूले षडानन्द सीताराम गुठीका अध्यक्ष प्रकाश पौडेललाई सामग्रीको विवरणसहित औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

धर्मशालामा आवश्यक पर्ने बेड, टेबल, दराज लगायत करिब ७ लाख रुपैयाँ बराबरका सामग्री प्रदान गरिएको समाजले जनाएको छ ।

यस सहयोगले धर्मशालामा बसोबास गर्ने तथा सेवा लिन आउने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया