भोजपुर– तामाङ पत्रकार संघ प्रदेश नं. १ ले तामाङ प्रसारण दिवसको अवसरमा जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । २८ औं तामाङ प्रसारण दिवसको अवसरमा राखिएको शुभकामना आदन प्रदान कार्यक्रममा स्थानीय तहको दोस्रो निर्वाचनमा निर्वाचित भएका तामाङ जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । प्रदेश नं. १ अन्तर्गतको पालिका प्रमुख तथा समन्वय प्रमुखमा निर्वाचित हुने जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरन तामाङ, धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङ, चैनपुर नगरपालिकाका नगरप्रमुख कृष्ण कुमार तामाङ, उदयपुर चौडन्डिगढी नगरपालिकाका नगरप्रमुख कालुमान तामाङ, अन्र्जुनधारा नगरपालिका झापाका नगरप्रमुख बलदेव गोम्देन, ईलाम रोङ गाउँपालिकाका गाउँपालिका अध्यक्ष मनिकुमार तामाङ र धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्ष वङदा तामाङलाई संघले सम्मान गरेको हो ।

कार्यक्रम धनकुटा नगरपालिका १ हिलेमा थुप्तेन देछेन छ्योलिङ गुम्बाको सभाहमा २८ गते सम्पन्न भएको हो । कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नंं १ का अध्यक्ष सन्तवीर लामा साथै नेपालङ तामाङ घेदुङका विभिन्न तहका पदाधिकारी साथै समाजसेवी वुद्धिजिवीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया