भोजपुर-भोजपुरको दिङ्लामा पहिलोपटक बजार कम्पनीका मोटरसाइकल साटासाट ९एक्सचेन्ज० अफर सञ्चालनमा आएको छ । संकल्प इन्टरप्राइजेज खाँदबारीको आयोजना तथा दाजुभाइ मोटरसाइकल वर्कसपको व्यवस्थापनमा उक्त अफर सञ्चालन गरिएको हो ।
संकल्प इन्टरप्राइजेजका प्रोपाइटर सन्देश रोहित गुरुङका अनुसार साटासाट अफर पौष ६ गते आइतबारदेखि सुरु भई पौष ११ गतेसम्म सञ्चालन हुनेछ ।
यस अफरअन्तर्गत बजाज ब्रान्डका सबै प्रकारका मोटरसाइकलहरू उपलब्ध गराइनेछ । हाल बजारमा अत्यधिक माग रहेका बजाज १५० सिसि, २२० सिसि, एन सिरिज अन्तर्गतका १६० सिसि र १२५ सिसि मोडलका साथै एनएस ४०० सिसि मोटरसाइकल समेत उपलब्ध रहेको गुरुङले जानकारी दिए ।
साथै, साटासाट अफरमा सबै ब्रान्डका पुराना मोटरसाइकलहरू साटेर नयाँ बजाज मोटरसाइकल लिन सकिने व्यवस्था गरिएको उनले बताए ।









