भोजपुर । भोजपुरको कोटमा नेपाली सेनाद्धारा सञ्चालन भएको स्वास्थ्य शिविरमा चार सय भन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको छ ।
भोजपुरमा रहेको नयाँ श्रीनाथ गणको नेतृत्वमा टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ७ स्थित जनोदय माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरमा स्वास्थ्य सेवा प्रदान गरिएको गणका सेनानी महेश ज्ञवालीले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र, भोजपुर सिद्धकाली फार्मेसी, जिल्ला अस्पतालसँगको सहकार्य तथा अन्य सरोकारवाला निकायको समन्वयमा एक दिने निशुल्क शिविरको आयोजना गरिएको सेनानी ज्ञवालीले बताउनुभयो ।
उक्त शिविरमा सैनिक अस्पताल इटहरी र श्री नं २ हिलेबाट डाक्टर अधिकृत सहितको मेडिकल टिमका साथै जिल्ला अस्पताल, आयुर्बेद, स्वास्थ्य कार्यालयबाट डाक्टर अधिकृत सहितको प्राबिधिक टिमले सेवा दिएको थियो । शिबिरमा गाउँपालिकाको वडा नम्वर ६, ७ र ८ का स्थानियको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।
शिविरमा महिला दुई सय ५१, पुरुष एक सय ७७ र बालबालिका(१५ गरि जम्मा चार सय ४३ जनाको स्वास्थ परिक्षण गरि औषधि बितरण गरिएको छ । शिविरमा आयुर्वेदिक ओपिडि तर्फ एक सय ६० जनाले परिक्षण गर्नुको साथै महिला १५ जना र पुरुष २० जनाले थेरापी सेवा समेत लिनु भएको थियो ।









