भोजपुर– परिश्रम गरेपछि सफलता संगै फल पाईन्छ भन्ने भनाई धेरै सुनेका छौं । यहि उदाहरणलाई आत्मासाथ गर्दै धेरै मानिसहरु संघर्ष गरिरहेका छन् कति सफल भएका छन भने कति मानिसहरु सघंर्षबाट भागेको पनि पाईन्छ । तर यहाँ सफलता पछि अर्काे सफलता नै सफलता, हिनेपछि कहिल्यै पछाडी फर्कन नपरेकी एक २५ बर्षिया अधिकृतको चर्चा पढौं ।
धनकुटा जिल्लाकी एक २५ बर्षिय दिक्षिताले कहिल्यैपनि पछाडी फर्कन परेन । जसले परिक्षा दिएपछि फेल हुन्छु भन्ने कहिल्यै सोच्नु परेन बरु प्रत्येक परिक्षामा प्रथम हुन्थिन दिक्षिता । २०५४ सालमा श्रावण २४ गते धनकुटा नगरपालिका वडा नं. ७ मा दिपकराज बम्जन तामाङ र संगीता श्रेष्ठ तामाङको कोखबाट जन्मिएकी दिक्षिता तामाङ (बम्जन) हाल प्रदेश स्वास्थ्य निर्देशानालय धनकुटामा फार्मेसी अधिकृत छिन् ।

उनले शैक्षिक सत्र २०६८ को एस.एल.सी परीक्षामा ८७.८८ प्रतिशत अंक सहित डिस्टिङ्सन ल्याएर एस.एल.सी परिक्षा पास गरेकि थिईन् । साथै २०७१ सालमा एभरेष्ट फ्लोरिडा कलेज शान्तिनगर काठमाण्डौबाट ७९.९९ प्रतिशत अंक सहित दोस्रो डिस्टिङ्सन साथमा प्लस टु पास गरिन् । साथै उनी मनमोहन मेमोरियल ईन्स्टिच्यूट अफ हेल्थ साईन्सबाट त्रिभुवन विश्वविद्यालयको व्याचलर्स अफ फार्मेसी संकायबाट अध्ययनरत देशभरका विद्यार्थीहरु मध्येबाट सर्वाधिक अंक ८५.९२ प्रतिशत अंक ल्याई सर्वाेत्कृष्ट छात्रा घोषित भएकी थिईन ।
उनी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र संकाय अध्ययनको क्रममा इन्सट्रकटरको काम पनि गरिन । उनि हाल प्रदेश स्वास्थ्य निर्देशानालय धनकुटामा फार्मेसी अधिकृत पदमा कार्यरत रहेकी छिन् । उन्ले आजसम्म दिएको परिक्षा पछि कहिल्यै फेल भएको अनुभव लिन पाएकी छैनन् ।
संघर्ष धेरै भएको त हैन तर व्याचलर्स पढ्दा परिवार बाट छुटेर होस्टल बसेर पढ्दा केहि दुःखहरु भएको छ । परिवारको सहयोग धेरै छ परिवारको सहयोग बिना केहि गर्न सकिदैन । परिवारको सहयोगले नै मानिस सफल हुने हो र आफ्नो सफलतामा आफुभन्दा आफ्नो परिवार खुसी हुन्छ मेरो पनि परिवार साथै आमा बुवा म भन्दा खुसी हुनुहुन्छ र मलाई सधै सहयोग गर्नुहुन्छ । केहि समय टाढा बसेर पढ्दा केहि दुःख संर्घष भयो तर अहिले आफ्नै ठाउँमा काम गर्न पाउँदा खुसी लाग्ने उनि बताउँछिन् ।
उनको फेल भएको एउटा अनुभव पनि छ उनि कहिल्यै लिखित परिक्षमा फेल त भइनन् तर उनि सवारी साधान चालक अनुमति पत्रको प्रयोगात्मक परिक्षामा फेल भएकी थिईन । तर उनलाई फेलको अनुभव फेल भएपछि रोकिनु हो वा दुखि हुनु भन्ने कति पनि लागेन । उनि एक पटक फेल हुँदा सबै सकिने हैन त्यसैले निरन्तरता र संघर्ष गर्न चै छोड्न नहुने बताउँछिन् ।
पढ्दा दिनभरि पढेर मात्रै पनि हुँदैन सबै कुरालाई एकोहोरो रुपमा हेर्दा सबै सम्भव हुँदैन परिवेश र समय अनुसार संर्घष गर्दा नुहेन चै केहि पनि हुदैन । पढाईको कुरा हो या अन्या कुरा आत्तिनु हुँदैन र शिक्षक वर्ग र अगिल्लो वर्गका मानिसहरुको सुझाव सल्लाह साथै आफु भन्दा अग्रजले डो¥याएको बाटोले सफलता पाउन सहज हुने उनि बताउँछिन् ।









