भोजपुर- षडानन्द नगरपालिकाको आयोजनामा भएको प्रथम दिङ्ला कप अन्तरपालिका स्तरीय आमन्त्रीत महिला भलिबल प्रतियोगिताको उपाधी आम्चोक गाउँपालिकाले हात पारेको छ । बेस्टअफ फाइभको फाईनल खेलमा षडानन्द नगरपालिकालाई ३ १ सेटले हराउदै उपाधी हात पारको हो ।

षडानन्द नगरपालिकाले पहिलो सेट आफ्नो पोल्टामा पारेपनि लगातार ३ सेट हराउँदै उपाधी हात पार्न सफल भएका हुन् । चैत्र २१ गतेदेखि षडानन्द नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता आज २४ गते सम्पन्न भएको छ ।
प्रतियोगितामा षडानन्द नगरपालिका सहित ६ टिम सहभागि भएका थिए । जसमा सभापोखरी गाउँपालिका र साल्पासिलिछो गाउँपालिका सेमिफाईनलिष्ट भएका छन् भने पाँचखपन नगरपालिका, र भोजपुर नगरपालिका समुह चरणको खेलबाटनै बाहिरीएका थिए ।









