दिङ्ला– ऐतिहासिक बजार दिङ्लामा लाग्ने बालाचर्तुदशी मेलामा सांगितिक साँझ हुने भएको छ । नेपाल खड्गी सेवा समिति षडानन्द ७ ले आयोजना गर्ने सांगितिक साँझमा चर्चित गायीका सुनिता थेगिम र नेपाल सेकेण्ड रनर अप प्रताप दासको प्रस्तुति हुने छ ।

साँझ ५ गते अपरान्ह ३ बजेदेखि राति १० बजे सम्म सञ्चालन हुने छ । चर्चित द्धय गायीका र गायक संगै सुरेन्द्र पुलामी मगर, कोपिला आईडलका शमिर तामाङ, पुर्वली हाकपारे गायक भुपाल बयलकोटी साथै धरान डान्स सेन्टरको प्रस्तुति रहने छ । संस्कृतिको जगेर्ना तथा ऐतिहासिक बजार दिङ्लाको प्रर्वधन गर्न र युवाहरुमा संस्कार संस्कृतिप्रतिको ध्यान जाओस भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया