मकालु, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । मकालु गाउँपालिकाको नुम बजार स्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार विहान ९ः१५ देखि मत गणना सुरु भएको पत्रकार गंगा विष्टले जानकारी दिए । वडा नम्बर–१ को छागे र वडा नम्बर ३ को ख केन्द्रको गणना सुरु भएको छ ।
१० मतदान स्थलका ९ हजार एक मतदाता रहेको मकालु गाउँपालिकामा ५ हजार सात सय ७४ मत खसेको थियो । गाउँपालिका अध्यक्ष पदका लागि सत्तारुढ दल नेकपाका तर्फबाट तेजबहादुर पोख्रेल, कांग्रेसबाट विमन पराजुली, संघीय समाजबादी नेपालबाट नर्बु शेर्पा, राप्रपा नेपालबाट मेघनाथ राई, राप्रपा संयुक्तबाट मनबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ती पार्टीबाट रमेश राई र संघीय लोकतान्त्रीक मञ्चबाट कविता राईको उम्मेद्वारी रहेको छ ।



