संखुवासभा जिल्लाको मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ जना भरिया सभापोखरीमा अलपत्र परेका छन्। विदेशी पर्यटकका भरियाका रुपमा आएका १५ जना लकडाउनका कारण सभापोखरी गाउँपालिका २ बाह्रविसेमा अलपत्र अवस्थामा छन्।
उनीहरुसँगै आएका विदेशी पर्यटक फर्किए पनि भरियाहरु अझै सभापोखरी गाउँपालिकामा अलपत्र परेका सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए। पास नभएका कारण सभापोखरीको बाह्रबिसेमै उनीहरु रोकिएका अध्यक्ष सुब्बाले बताए।
उनीहरु सँग आएका अस्ट्रेलियाका २, क्यानडा २ र फ्रान्सका १ नागरिक चैत १८ गते नै कैलाश एयरको हेलिकप्टरबाट उद्धार भइसकेका छन्। उनीहरु अहिले सभापोखरी गाउँपालिकाको प्रहरी चौकी नजिकै ग्राउन्डमा टेन्ट बनाएर बसेका छन्। लक डाउनका कारण ७ जना तँनहु र ८ जना काठमाडौंबाट आएका थिए ।
उनीहरु ३६ दिनदेखि सभापोखरीमै अलपत्र छन्। उनीहरुलाई सभापोखरी गाउँपालिकाले राहत सामग्री सहयोग गरेको छ।









