संखुवासभा, संखुवासभामा जंगली च्याउका कारण १ जनाको ज्यान गएको छ । सभापोखरी गाउँपालिका वडा नं. २ का २४ वर्षिय मनिला राईको शुक्रबार बिहान उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको हो ।
च्याउ खाएर बिरामी परेपछि मनिला सहित तीन परिवारका १२ जनालाई बैशाख २१ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो । खाँदबारीमा उपचार हुन नसकेपछि वैशाख २३ गते मनिलालाई रेफर गरिएको थियो ।
शुक्रबार नै २३ वर्षीय अनिता राईलाई पनि थप उपचारका लागि रेफर गरिएको अस्पतालले जनाएको छ । उपचार पछी १० जना घर फर्किएका छन् ।









