भोजपुर– आफ्नो पालिकाको विरामी लिएर पालिका उपप्रमुख र स्वास्थ्य शाखा प्रमुख जिल्ला अस्पताल धनकुटा पुगेका छन् । पालिकाको ६ जना विरामीहरुको उपचार गराउन विरामीको आफन्त संगै कुरुवा बसेर षडानन्द नगरपालिकाकी उपप्रमुख प्रमिला राई र स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठ जिल्ला अस्पताल धनकुटामा कुरुवाको रुपमा वसिरहेका छन् ।

षडानन्द नगरपालिकाले स्वास्थ्य सिविर मार्फत पाठेघर खस्ने समस्या भएका महिलालाई उपचारमा पठाउन समस्या पहिचान गरेको थियो । समस्या पहिचान भई उपचार गराउनु पर्ने समस्या भएका विरामीहरुलाई आफ्नो साथमा लिएर उपप्रमुख र शाखा प्रमुख यतिखेर जिलला अस्पताल धनकुटामा पुगेका छन् ।

पालिकाले सामाजिक विकास शाखा र स्वास्थ्य शाखा अन्र्तगत गत बैशाख ६ गतेदेखि १० दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा २१७ जनाको रिङ प्रेसरी लगाएर उपचार गरिएको थियो र ६ जनाको शल्यक्रिया गर्नु पर्ने समस्या देखिएपछि उपप्रमुख आफै विरामी लिएर जिल्ला अस्पताल धनकुटामा कुरुवाको रुपमा रहेकी छिन् । त्यस्तै षडानन्द नगरका समाजिक विकास समिति संयोजक मन्दिप रसाईलीपनि दुई दिन विरामीसंग जिल्ला अस्पताल धनकुटामा रहेका थिए ।

उपप्रमुख संगै विरामीको आफन्त एक÷एक जना र स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठ अस्पतालमा विरामीको सहयोगीको रुपमा रहेका छन् । जिल्ला अस्पताल धनकुटामा उपचाररत विरामीहरुको आउने जाने र शल्यक्रिया खर्च नगरपालिकाले व्यवस्थापन गरेको नगरपालिकाका स्वास्थ्य शाखा सुन्दर श्रृेष्ठले बताए ।

उपप्रमुख भन्छिन “चुनाबी समयमै मैले भनेको थिए, विशेष महिलाहरु र नगरवासीहरुको स्वास्थ्यको विषयमा दृढताका साथ लाग्छु” सोहि बाचाका साथ विरामी लिएर जिल्ला अस्पताल धनकुटामा रहेको उपपप्रमुख बताउँछिन् । यस्ता पिडाहरु छरपस्टै छन् हामिले केहि समेटेर विरामीको उपचार गराउने प्रयाश गरेका छौं अझ स्वास्थ्यको क्षेत्रलाई विशेष प्राथमिकता दिएर अगाडी बढ्ने उपप्रमुख बताउँछिन् ।

उपचारको क्रममा नगरपालिकाका उपप्रमुख र स्वास्थ्य शाखाका प्रमुख सुन्दर श्रेष्ठ हुँदा उपचारमा धेरै सहज भएको विरामीको आफन्तहरुको भनाई छ । बर्षौं बर्षदेखि रोगको सिकार भएर पिडा खेप्दै आउनु भएको महिला दिदि बहिनी तथा आमाहरुको समस्या समाधान गर्न सामाजिक विकास शाखाले यो कार्यक्रम बनाएको हो । “यो सामाजिक विकास शाखा, स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी र नगरपालिकाको एक उपलब्धी हो” यसमा सहयोग गर्ने सबैलाई सामाजिक विकास समिति संयोजक मन्दिप रसाईली आफ्नो फेसबुक माफैत धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया