संखुवासभा, संखुवासभाको मकालु गाउँपालिका–३ समाटारमा भीरबाट खसेको ढुंगाले लागेर घाइते विद्यार्थीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। बुधबार बिहान ८ बजे विद्यालय जाँदै गरेकी कक्षा १० मा अध्ययनरत मनिसा तामाङलाई माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएकी थिइन्।

तामाङलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको पावाखोला स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सुजन गुरुङले जानकारी दिए। हिमालय माध्यमिक विद्यालय गोले चौरमा अध्ययनरत १७ वर्षीया मनिसालाई अनुहारमा गहिरो चोट र खुट्टासमेत भाचिएको स्वास्थ्यकर्मी गुरुङले बताए।

घाइते मनिसाको जिल्लामा उपचार हुन नसक्ने अवस्था घटना स्थल सदरमुकाम खाँदबारीबाट २ दिनको पैदल दूरीमा पर्दछ।

तपाईको प्रतिक्रिया