संखुवासभा, रुद्राक्षको स्वरुप बिगार्नेलाई रुद्राक्ष व्यवसायी संघ संखुवासभाले कारबाहीको माग गरेको छ । संघले आइतबार प्रमुख जिल्ला अधिकारी समक्ष कारबाहीको माग गर्दै निवेदन दिएका छन् । रुद्राक्षको प्राकृतिक स्वरुप बिगार्न प्रयोग गरिएका विभिन्न औजारहरु बेलाबेलामा जफत गरिएको र यस्ता क्रियाकलाप नगर्न पटकपटक ध्यानाकर्षण गरिए पनि अटेर गरेकाले कारबाहीको माग गरिएको संखुवासभाका अध्यक्ष चक्र विशुंकेले बताए ।

यसरी स्वरुप बिगारेर नेपालको रुद्राक्षको छवी अन्तराष्ट्रिय बजारमा बिग्रदै गएको र यसको व्यापारमा समेत समस्या हुदै आएकाले यस्तो गतिविधि गर्नेलाई कारबाहीको माग गरिएको विशुंकेले बताए ।

निवेदनमा भनिएको छ, लाखौं आम्दानीका कृषकका रुद्राक्ष विषाधी प्रयोग गरी नष्ट हुने र विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतलाई क्षतविक्षत गरी यसको दिर्घ कालिन असर पर्ने भएकाले यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिई सिघ्र कारबाही गर्न अनुरोध गरिएको छ ।

चिल्लो, थेप्चे, मदाने दाना रुद्राक्ष उत्पादन हुने भन्दै संखुवासभाका विभिन्न स्थानमा व्यापारीहरुले रुद्राक्षको बोट खरिद गरी विषाधी प्रयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया