भोजपुर । दिङ्ला ब्याडमिन्टन संघको आयोजनामा भएको ९ औं संस्करणको खुल्ला पुरुष डबल्स ब्याड्मिन्टन प्रतियोगिताको उपाधी तीनचुली क्लबका सुनिल कार्की जोडी महेश खड्काले हात पारेका छन् । विशाल तामाङ जोजो एकेडेमी र त्रिभुवन आर्मी क्लबका हिमाल चन्दको जोडीलाई फाईनल खेलमा सोझो सेटले हराउँदै उपाधी हात पारेका हुन् ।
विनय चौधरी जोडी लाग्पा शेर्पा र सुप्रिम पन्त जोडी मिङमार शेर्पा सेमिफाईनलिष्ट भएका छन् । प्रतियोगितामा बि डिभिजन तर्फ सुप्रिम पन्त जोडी मिङमार शेर्पा जोजो एकेडेमी भोजपुर विजेता भएका छन् भने अनमोल बुर्जा मगर जोडी प्रसान्त श्रेष्ठ उप विजेता भएका छन् । साथै जोजो एकेडेमि भोजपुरका दिनेश तामाङ जोडी रोशन सुवेदी र नरेन्द्र तामाङ जोडी लेखनाथ श्रेष्ठ सेमिफाईनलिष्ट भएका छन ् ।

प्रतियोगिताको मिक्स डबल्सतर्फ विशाल तामाङ जोडी मनिशा तामाङ विजेता भन्दा हिमाल चन्द जोडी रीता तामाङ उपविजेता भएका छन् । सुनिल कार्की जोडी नदिरा तामाङ र विवेक श्रेष्ठ जोडी गीता राई सेमिफाईनलिष्ट भएका छन् ।
साथै १५ बर्ष मुनिको प्रतियोगितामा प्रथम, द्धितिय र सेमिफाईनलिष्ट क्रमशः प्रशन्न जिसी, अस्विन मोक्तान र तायाबुङ राइ, प्रसन्न विक भएका छन् । त्यस्तै १३ बर्ष मुनिको प्रतियोविगतामा प्रवेश राई प्रथम, प्रितम तामाङ द्धितीय र अरविन श्रेष्ठ र पारुहाङ राई सेमिफाईनलिष्ट भएका छन् ।

१२ बर्ष मुनिको प्रतियोगितामा रिन्छोईङ शेर्पा प्रथम भएका छन् भने सिलिचुङ राई द्धितिय भएका छन् । यस प्रतिस्पर्धामा मनिस तामाङ र सनिस चापागाई सेमिफाईनलिष्ट भएका छन् ।









