लामो समयदेखि रिक्त रहेको पर्यटन मन्त्रालयको कमाण्ड योगेश भट्टराईले सम्हाल्ने भएका छन् ।ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईले आजै अपरान्ह्र ४ बजे शपथ ग्रहण गर्ने कार्यक्रम राखिएको प्रधानमन्त्री ओली निकट सूत्रले प्रष्टाएको छ । नेकपा स्थायी कमिटिका सदस्य समेत रहेका भट्टराईको जन्म २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु ९मैवाखोला गाउँपालिका–३० मा आमा महेन्द्रादेवी र बुबा स्व। भीमलालका कान्छा छोराका रूपमा भएको हो ।
भट्टराईले साँघुकै नारायणी निमाविमा सात कक्षासम्मको पढाइ सकेर माध्यमिक शिक्षाका लागि संखुवासभाको मादी माविमा भर्ना भए । एसएलसीपछि उच्च शिक्षाका लागि २०४० सालमा राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना भए । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा ९विषाक्त दूधका विरुद्धको आन्दोलन० १८ वर्षको उमेरमा नै पहिलोपटक काठमाडौंको केन्द्रीय कारागारमा थुनिएका उनी सरल, सक्रिय, स्पष्ट र जुझारु नेताका रुपमा चिनिन्छन् ।
भट्टराई ०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा उपसभापति र २०४३ सालमा सभापति पदमा अत्यधिक मतले विजयी भए ।
पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उहाँले थुप्रैपटक जेलनेल र कठोर यातना भोगेका उनले जेल बसाइका बेला झापा संघर्षका चर्चित अगुवाहरू केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तक्र्रिया गर्ने अवसर पाए । यसले उनको राजनीतिलाई अझैं निखारयो ।
यही बीचमा उनी अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटीको सदस्य तथा बाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारी सम्हाले । यहीबीचमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर तह पूरा गरे । जिल्लाको विकासमा दत्तचित्त भएर लाग्ने उनकै अगुवाइमा २०६४ सालमा ‘ताप्लेजुङ सरोकार केन्द्र’को स्थापना भयो । उहाँ त्यसका संस्थापक महासचिवको जिम्मेवारी सम्हाले ।
२०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरेका योगेश संगठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अध्यक्ष सम्हाले ।
जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय हत्याविरुद्धको आन्दोलनमा अगुवाइ उनलै गरे । नेपाली विद्यार्थी आन्दोलनको प्यारो संगठन अखिल ९अनेरास्ववियु० लाई नेपाली कम्युनिस्ट आन्दोलनको सफलताको संवाहक शक्तिका रूपमा स्थापित गर्न उनको भूमिका महत्वपूर्ण मानिन्छ ।
आज पनि युवाहरू अखिल भन्नेबित्तिकै योगेश भट्टराईलाई सम्झन्छन् । उनी अनेरास्ववियुको अध्यक्ष भएको समयमा सबैभन्दा बढी ७३ प्रतिशत क्याम्पसका स्ववियुमा अखिलले ऐतिहासिक सफलता हासिल गरेको थियो ।
भट्टराइकै नेतृत्वमा भारतले कब्जा गरेको नेपाली भूमि कालापानी फिर्ता अभियान सम्पन्न भयो । २०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाडौं–कालापानी मार्चको नेतृत्व गरेर आफ्नो राष्ट्रवादी छविलाई झन् अग्लो मात्रै पारिएन । त्यहीदेखि कालापानी मुद्दा राष्ट्रिय बहसको साझा विषय बनेको थियो । कालापानी बचाउने आन्दोलन अघि बढिरहँदा नेपालका ६२ स्थानमा भारतले सीमा अतिक्रमण गरेको प्रमाण सार्वजनिक गरियो ।
त्यस्तै, उहाँले २०४५ सालमा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रूपमा आन्दोलनको अगुवाइ गरेका उनले २०७१ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरुद्ध पार्टीका नेताका रूपमा आन्दोलनको अगुवाइ गरे ।
भट्टराई नेपालको सार्वभौम, स्वतन्त्र, नेपाली नेपालीबीचको एकताको पक्षमा उहाँले सम्झौताहीन संघर्ष गदै आएका नेताका रुपमा चिनिन्छन् ।
२०३९ देखि तत्कालीन नेकपा ९माले० सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहेका योगेशले पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटीसम्म काम गरेका छन् ।
२०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा ९एमाले० को आठौं महाधिवेशनबाट अत्यधिक मत ल्याई केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका उनी पार्टीको नवौं महाधिवेशनबाट पार्टीको सचिव पदमा निर्वाचित भए । उनले पार्टीको प्रचार विभाग प्रमुखको हैसियतले पार्टीको प्रचारको कामलाई अत्यन्तै कुशलका साथ निर्वाह गरे ।
पर्यटन मन्त्रालयको कमाण्ड सम्हाल्न लागेका योगेश भट्टराईको कार्यकाल सफल र उपलव्धिमुलक रहोस हाम्रो तर्फबाट शूभकामना ।




