भोजपुर- नेपाल पत्रकार महासंघ भोजपुरद्वारा एक जना सम्मानित तथा चार जना पत्रकार पुरस्कृत भएका छन् । शाखाको वार्षिक साधारण सभाको अवसरमा अग्रज पत्रकार तथा शाखाका पूर्व अध्यक्ष साहिमान राई सम्मानित भएका हुन् । उनलाई सम्मानपत्रसहित शाखाका अध्यक्ष ध्रुव सुवेदीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

साथै साधरण सभाको अवसरमा भोजपुरका चार जना क्रियाशिल पत्रकारहरु पुरस्कृत भएका छन् । शाखाले मनमाया श्रेष्ठ–मनमाया अमर पुरस्कार २०८१ अवतारमान राई, मनमाया श्रेष्ठ–मनमाया अमर पुरस्कार २०८२ गणेश विष्ट, तिलक बहादुर–मनमाया राई पर्यटन पुरस्कार मिडन मगर तथा लोकनाथ दाहाल स्मृति खोज पत्रकारिता पुरस्कार सरिता सुनुवारलाई प्रदान गरेको हो ।
पुरस्कृत सबैलाई नगद ५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।














