भोजपुर– क्यान्सर पिडित मगरलाई नेपाली कांग्रेस नगर सभापतिद्धारा संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ । षडानन्द नगरपालिका वडा नं. ५ आँपटारी निवासी चन्द्र बहादुर मगरलाई नेपाली कांग्रेस षडानन्द नगर सभापति भिम तामाङले संकलन गरेको सहयोग रकम हस्तान्तरण गरिएको छ ।

मंगलबार उनको निजि निवासमा पुगेर करिब एक हप्ताको समयमा संकलन भएको १ लाख २ हजार ६ सय ३ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । क्यान्सर जस्तो रोगले थलिएको मगर हाल काठमान्डौमा उपचारत छन उनको उपचारको लागि संकलन भएको रकम उनको घर परिवारलाई हस्तान्तरण गरिएको संंकलक भिम तामाङले जानकारी दिए ।

विभिन्न रोगले ग्रसित भएर उपचारको लागि खर्च नभएका पिडित व्यक्तिहरुलाई आफु लगायत सिंगो नेपाली कांग्रेस सहयोग गर्न तयार रहेको समेत सभापति तामाङले बताए ।

तपाईको प्रतिक्रिया