भोजपुर – रष्ट्रिय परिक्षा बोर्डले हिजो मात्रै सार्वजानिक गरेको एसईईको नतिजामा चार जिपिए लिएर न्यू समिटका अर्पण श्रेष्ठले एसईई पास गरेका छन् । यो नतिजा अहिले सम्मकै उत्कृष्ट भन्दै अर्पण सहित एसईई पास गर्ने सबै विद्यार्थीहरुलाई विद्यालयले शुभकामना सामाजिक सञ्जाल मार्फत दिएका छन् । चारमा चार जिपिए ल्याउन सफल श्रेष्ठ षडानन्द नगरपालिका वडा नं. ८ का विद्यार्थी हुन् ।

विद्यालयबाट एसईई दिने यो १० औं ब्याच हो । यस पटक परिक्षमा १० जना विद्याथीहरु सहभागी भएका थिए जसमा ७ जनाले ए प्लस ३ जनाले ए लिएर पास गरेका छन् । अर्पण श्रेष्ठ ४. जिपिए, अभिशेषक गुरुङ ३.८७ जिपिए, एन्जेलिना परियार ३.८७ जिपिए, प्रतिक तामाङ ३.८७ जिपिए, प्रशन्न जिसी ३.८६ जिपिए, सत्याम कट्वाल ३.७९ जिपिए, डम्बर श्रेष्ठ ३.६५ जिपिए, अनमोल राई ३.५८ जिपिए, सुगम जिसी ३.५८ जिपिए र निलम श्रेष्ठले ३.४२ जिपिए लिएर पास गरेका छन् ।

विद्यालयका प्रीन्सिपल नेत्र बहादुर राई (प्रविन) का अनुसार विद्यालयले अहिलेसम्म २०७५, ०७९, ०८१ र यो ब्याच सहित चारओटा ब्याचले जिल्लामा सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

तपाईको प्रतिक्रिया