भोजपुर– चौकीडाँडामा ब्याडमिन्टन कर्वडहल निर्माण गर्नको लागि आफु लागि परिरहेको पुर्व मुुख्यमन्त्री तथा प्रदेश साँसद राजेन्द्र कुमार राईले बताएका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको केन्द्र चौकीडाँडामा ब्याडमिन्टन कर्वडहल अभावको कारणले त्यहाँ कर्वडहल निर्माण गर्न योजना भएको राईले बताएका छन् ।

आफु सांसद तथा मुख्यमन्त्री पदमा रहँदा बजेट विनियोजन गरेर जिल्लामा धेरै कवर्डहलहरुको निर्माण भईसकेको छ । तर साल्पा सिलिछो गाउँपालिकामा अहिलेसम्म निर्माण भएको छैन यहाँ अभाव छ अब ब्याडमिन्टन कर्वडहल बनाउने जिम्मा आफ्नो भएको बचन बद्धता गरेका छन् ।

कुलुङ माघेमेला युवा क्लबले आयोजना गरेको बौधमान–नरमाया बुढाथोकी स्मृति पञ्च बर्षिय रनिङशिल्ड भलिबल प्रतियोगिताको समापन कार्यक्रममा आफ्नो भनाई राख्दै राईले उक्त कुरा बताएका हुन् । साथै अब आफु प्रदेश सांसद रहने समय चार बर्ष छ यस चार बर्षमा अरुण नदिको विभिन्न स्थानमा बन्दै गरेको पक्कि पुल र विभिन्न मसिनो खोलामा बनाउँदै गरेको मोटोरेबल पुल  साथै झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न हुने गरि बजेट लगाईने समेत राईले बताएका छन् ।

उनले भने चुनाबमा मात्रै आउछ जितेर गएपछि आउँदैन भन्ने सोँच नराख्न समेत अनुरोध गरेका छन् । आफु नआएपनि विकासको लागि बजेट पठाउन नर्बिसिएको राईले बताएका छन् ।

तपाईको प्रतिक्रिया