काठमाडौं, युट्युबमा रिलिज भएको दुई दिनमा फिल्म ‘लभ डायरिज’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको छ। फिल्मले १२ लाख ३४ हजारभन्दा बढी दर्शक पाएको छ।

यही फागुनमा रिलिज भएको फिल्म ‘लभ डायरिज’ ले हलबाट भने लगानी उठाउन सकेन। हलमा रिलिज भएको दुई महिना नबित्दै निर्माण पक्षले युट्युबमा सार्वजनिक गरेपछि युट्युबमा भने दर्शकले रुचाएका छन्। फिल्मलाई ४१ हजारभन्दा बढीले लाइक गरेका छन् भने डिसलाइक गर्ने दुई हजार छन्। यसअघि पासवर्ड फिल्म युट्युब ट्रेन्डिङमा परे पनि नकारात्मक टिप्पणीका साथ डिसलाइक गर्नेको संख्या बढी थियो।

‘लभ डायरिज’ फिल्मका निर्देशक सौरभ चौधरीका अनुसार कोरोनाका कारण बाहिरी देशको सो रद्द भएपछि लकडाउनमा थुनिएर बसेका दर्शकलाई लक्षित गरेर फिल्म युट्युबमा अपलोड गरिएको हो। प्रायः दर्शकले फिल्म उत्कृष्ट भएको जनाएका छन्। हलमा रिलिज भएको दुई महिनामै राम्रो फिल्म युट्युबमा हेर्न पाएको भन्दै दर्शकले निर्माण पक्षलाई धन्यवाद पनि दिएका छन्। यसबाट निर्माण पक्ष मक्ख छ।

फिल्ममा नायक सुशील श्रेष्ठ, नवनायिका रुविना थापा तथा विश्वजित रिमालको मुख्य भूमिका रहेको छ। विनोद सापकोटा निर्माता रहेको यस फिल्ममा साहिल खान सहायक निर्देशक छन्।

तपाईको प्रतिक्रिया