हेल्पिङ हेण्डस् सामुदायिक अस्पताल काठ्माण्डौका सञ्चालक डाक्टर गुप्त बहादुर श्रेष्ठले जिल्लाका ६ ओटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । डाक्टर श्रेष्ठले जिल्ला समन्वय समिति मार्फत अत्यावश्यक अक्सिजन कन्र्सन्टेटर सहितको सामग्रीहरु उपलब्ध गराएका हुन् ।

उक्त समाग्रीहरु बिहिबार एक कार्यक्रमका विच जिल्ला समन्वय समितिले सम्बन्धीत स्वास्थ्य कार्यालयहरुलाई हस्तान्तरण गरेको हो । डाक्टर श्रेष्ठले ताम्कु प्राथमिक स्वास्थ्य केन्द्र, नुम प्राथमिक स्वास्थ्य केन्द्र, वाना प्राथमिक स्वास्थ्य केन्द्र र चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्र्सन्टेटर, निबुलाईजर, पल्स ओक्सीमिटर, आस्थालिन सोलुसन, पिपिई सेट, एन ९० मास्क लगायतका ९ प्रकारका सामग्री सहयोग गरेका हुन् ।

डाक्टर श्रेष्ठले एक प्राथमिक स्वास्थ्य केन्द्रलाई करिव डेढ लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरे। त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल खाँदबारी र तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई पनि स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया