संखुवासभा, तेज रत्न आँखा तथा कान उपचार केन्द्र संखुवासभालाई २५ थान निशुल्क कम्बल उपलब्ध गराइएको छ । हाल अमेरीकामा रहेका मनोज श्रेष्ठका पाँच दाजुभाईले उपचार केन्द्रलाई आईतबार एक कार्यक्रम गरी कम्बल वितरण गरेको हो । श्रेष्ठ परिवारले कम्बल नेपाल नेत्र ज्योती संघ प्रदेश १ का अध्यक्ष श्यामसुन्दर उदासलाई हस्तान्तरण गरेका थिए ।

श्रेष्ठ परिवारले उपचार केन्द्रमा उपचार गराउने विरामीका लागि कम्बलको आवश्यकता भएकाले कम्बल वितरण गरेको मनोज श्रेष्ठले बताए । श्रेष्ठले आप्mनो परिवारले वार्षिक एक लाख रुपौयाँ संस्थालाई दिने जानकारी गराए । वार्षिक एक लाख रुपैयाँका दरले दिइने रकम उपचार केन्द्रको अक्षयकोषमा जम्मा हुने श्रेष्ठले बताए । उनिहरुले स्वर्गिय बुबा तेजबहादुर र आमा रत्नकुमारी श्रेष्ठको सम्झनामा बुबाको बार्षिक पुन्य तिथिका अवसरमा प्रत्येक वर्ष वितरण गरिने जनाएका छन् ।

श्रेष्ठ परिवारले बुबाआमाको सम्झनामा उपचार केन्द्रको भवन निर्माणका लागि निशुल्क जग्गा समेत उपलब्ध गराएका थिए । निशुल्क जग्गा उपलब्ध गराएपछि नेत्रज्योती संघद्धारा सञ्चालीत उपचार केन्द्रको नाम समेत तेजरत्न आँखा तथा कान उपचार केन्द्र नामकरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया