दिङ्ला, भोजपुरको षडानन्द नगरपालिका दिङ्लामा कबर्डहल निर्माण कार्य भइरहेको छ । प्रदेश सरकार र नगरपलिकाको सहयोगमा ब्याडमिन्टन कवर्डहल निर्माण गरिएको हो । नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ बाट विनियोजित १७ लाख बजेटबाट निर्माण कार्य सुरु गरिएको थियो ।

प्रदेश सरकारले उक्त कबर्डहल निर्माणका लागि आर्थिक वर्ष २०७५/०७६ मा ४० लाख बजेट विनियोजिन गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पवन राईले बताए ।

तपाईको प्रतिक्रिया