
बिहिबार इलाका प्रशासन कार्यलय देखि नयाँ नागरिक्ता ३० थान, प्रतिलिपी १० थान द्रुत राहदानी सिफारिस ३ र जनजाती प्रमाणित ५ थान प्रदान भएको इलाका प्रशासन कार्यलयका नायब सुब्ब चिरञ्जिवी गुरागाईले बताए ।
कार्यालयका अधिकृत बिजय राई सरुवा भएपछि कार्यालय चैत्र १४ गते देखि प्रमुख बिहिन भएको थियो । अधिकृतको सुरुवा भएसंगै कार्यालयको सेवा ठप्प भएको थियो । अधिकृतको सरुवा भएको ६ महिना बिति सक्दा पनि अधिकृत आउन सकेका छैन । यस्को लागि ध्यान कस्ले दिने खै?इलाका प्रशासन कार्यलयको सेवा ठप्प हुँदा षडान्द नगरपालिका र साल्पा सिलिछो गाँउपालिकाका सर्वसाधरण मार्कमा पर्दछन् ।
कार्यालयले चार महिना पछी श्रावणको १२, १३ र २६, २७ गते सेवा सञ्चालन गरेको थियो । ६ महिना देखि सेवा ठप्प हुँदा स्थानीयको समस्यालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय भोजपुरले इलाका प्रशासनमा दुई दिन सेवा प्रदान गरेको चिरञ्जिवी गुरागाईले बताए । अधिकृत नहुँदा सहायक प्रमुख जिल्ला अधिकारी प्रयाश भट्टराईबाट सेवा प्रदान गरिएको छ ।




