आगामी मंसीर ४ गते हुने निर्वाचनमा संखुवासभाबाट संघीय संसद प्रतिनिधिसभाको एक सीट र प्रदेश सभाका दुई सीटका लागि स्वतन्त्र सहित विभिन्न दलका उम्मेदवारका प्रतिष्पर्धा भइरहेको छ । निर्वाचनको मिति नजिकिएसंगै जिल्लामा ठूला दल भनिएका गठबन्धन र नेकपा एमालेसँग जनता समाजवादीका उम्मेदवारको प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी लहर र चुनावप्रतिको आकर्षण भने अघिल्लो चुनावमा जस्तो उत्साहजनक नपाइए पनि मतदातामा चुनावी चर्चा, परिचर्चा र चासो भने देखिएको छ ।

संखुवासभामा पाँच नगरपालिका र पाँच गाउँपालिका रहेका छन् । जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार रहेका जसपाका दिपक याख्खाप्रति तुलनात्मक रूपमा मतदातामा आकर्षण, आशा र भरोसा देखिएको छ । याख्खासँग चुनावी मैदानमा सशत्त मानिएका एमालेका राजेन्द्र गौतम र गठबन्धन दलको तर्फबाट कांग्रेसका दिपक खड्का रहेका छन् ।

उनीहरु दुवै यसअघि जिल्लाबाट निर्वाचित सांसदहरु हुन् । पुराना दलबाट पुरानै अनुहार दोहोरीए पछी कार्यकर्ता समेत नयाँ अनहारलाई सघाउने मनसायमा छन् । मतदाताहरु पनि नयाँ अनुहारलाई मत दिन तयार रहेका छन्, जसको विकल्पको रुपमा यो पटक याख्खाको पक्षमा मत भारी हुने देखिएको छ ।

नेतृत्वमा पुगेर पनि जिल्लाले विकास र समृद्धीका लागि अवसर नपाउनु अहिलेको उम्मेदवारको पहिलो कम्जोरी पक्ष हो । यहीँ कम्जोरीलाई बलियो आधार बनाएका याख्खा आफुलाई यो पटकको निर्वाचनमा मतदाताले अवसरको रुपमा सहयोग गर्नेमा विश्वस्त छन् ।

तपाईको प्रतिक्रिया