भोजपुर– भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नं. ७ निवासी दुई व्यक्ति अभिनन्दन पत्रबाट सम्मानित भएका छन् । षडानन्द नगरपालिका वडा नं. ७ मा श्री ओम कर्मयोग आश्रमका संस्थापक अध्यक्ष ऋषिराज लुम्साली र अरुण माध्यमिक विद्यालयका शिक्षक डा. निल बहादुर चौहान अभिनन्दन पत्रबाट सम्मानित भएका छन् साथै प्राथमिक स्वास्थ्य केन्द्र मुलपानीका कार्यालय प्रमुख डा. सुभम कुमार रौनियार सम्मान पत्रद्धारा सम्मानित भएका छन् ।

१०८ आबाल ब्रम्हाचारी षडानन्द अधिकारीको १८९ औं जन्म जयन्तीको अवसरमा समाजमा ठुलो योगदान पु¥याएका ऋषिराज लुम्सालीलाई षडानन्द सीताराम गुठीले अभिनन्दन पत्र साथै दोसल्ला ओडाएर सम्मान गरेका छन् । त्यस्तै शिक्षाको क्षेत्रमा योगदान दिदैँ विद्यावारिधि प्राप्त गर्न सफल भएका शिक्षक डा. निल बहादुर चौहानलाई षडानन्द नगरपालिका र षडानन्द माध्यमिक विद्यालयले अभिनन्द पत्र साथै षडानन्द सीताराम गुठीले दोसल्ला ओडाएर सम्मान गरेका छन् ।

त्यस्तै यता स्वास्थ्य क्षेत्रमा योगदान दिने अत्यत्तै सरल, सहज, दक्ष र क्षमतावान डा. सुभम कुमार रौनियारलाई षडानन्द नगरपालिका सामाजिक विकास शाखाको तर्फबाट सम्मान पत्रद्धारा सम्मान गरेको हो ।

तपाईको प्रतिक्रिया