भोजपुर– मंसिर १९, सर्व साधरणलाई बहुविवाहको मुद्दा लगाउदा छिनभरमै पक्राउ गरेर प्रहरी हिरासतमा पु¥याउछन् पक्राउ परेपछि जेल जाने निश्चित जस्तै हुन्छ, नत्र गाउँघरमै मिलाएर दुबै श्रीमतीलाई समझदारीमा घरमा राख्छन् । तर भोजपुरको साल्पासिलिछो गाउँपालिकामा त्यस्तो भएन । उजुरी लगाएको बर्षाैं वित्न लाग्यो तर राजनितिक पहुँच भएकै कारण अन्यायमा परेकी हिमालय राईले न्याय पाउन सकिनन् ।

षडानन्द नगरपालिका वडा नं. ३ ठेगाना भएकी हाल काठमान्डौ बस्दै आएकी हिमालय राई अहिले न्याय माग्न विभिन्न कार्यलयको ढोका ढकढकाई रहेकी छिन् । साल्पा सिलिछो गाउँपालिकाका पुर्व अध्यक्ष महेश राईसंग उन्ले आफ्नो राई जातीको परम्परा अनुसार २०७८ मंसिर १३ गते विवाह गरेकी थिईन् । तर आफ्नो श्रीमानले धोका दिँदै आफुलाई विवाह गरेको ११ दिन अगाडीको मितिमा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य माया राईसंग विवाह दर्ता गरेपछि हिमालय राई अन्ययमा परेकी छिन् ।

पुर्व पालिका अध्यक्ष राईले माया राईसंग विवाह गरेर आफुलाई श्रीमती अस्वीस्कार गरेको आरोप हिमालय राईले लगाएकी छिन् । आफुलाई बिहे गरेको ३ महिना भित्रै माया राईसंग सुटुक्क काठमान्डौबाट जिल्ला गएको बेला कागजात मिलाएर विवाह गरेर अफुलाई अन्याय गरेको हिमालयको भनाई छ ।

यता कागजात मिलाएर विवाह गरेकी नेपाली कांग्रेसका केन्द्रिय सदस्य माया राई अहिले समानुपातिक तर्फबाट प्रतिनिधि सभा सासंद भई सकेकी छिन् । गाउँपालिका अध्यक्ष जस्तो पदमा रहँदा यस्ता घटनालाई न्यूनिकरण गर्नु पर्ने कर्तव्यमा रहेको बेला आफैले गलक तरिकाबाट हिमालय राईलाई अन्यायमा पारेका छन् ।

अहिले उनै हिमालय राई आफ्नो दाजु प्रेम कुमार राईको साहारामा विभिन्न न्यायलयमा पुगिरहेकी छिन् । तर कुनै पनि न्यायले अहिले सम्म न्यायका लागि प्रक्रिया अगाडी बढाएको छैन । पुर्व पालिका अध्यक्षले आफुलाई परम्परागत ढंगबाट विवाह गरेपनि हाल श्रीमती अस्वीकार गरेको उन्ले काठमान्डौमा एक पत्रकार सम्मेलन आयोजना गरि बताएकी छिन् ।

न्यायका लागि कानुनी प्रकृयामा धेरै प्रयाश गरेपनि राज्यतर्फबाट आफुलाई असहयोग भएको पत्रकार सम्मेलनमा बताएकी छिन् । आफुहरुसंग दरिलो प्रमाण भएपनि प्रमाण नपुग्ने भन्दै सरकारि वकिलको कार्यालय काठमाडौंले मुद्दा टुङ्ग्याउँदै अघि नबढाएकोमा उन्ले आपत्ति जनाएकी छिन् । अन्यायमा परेकालाई राज्यपक्षले सहयोग गर्नु पर्ने हो तर हामिलाई राज्यपक्षका प्रहरी र सरकारी वकिलले असयोग गरिरहेका छन् । यसको भित्री पाटो के रहेको दाबि पीडितको छ भने, गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री पत्नी आर्जु राणाको संलग्नतामा महान्यायधिवक्ता खम्म बहादुर खातीले निर्णय लिएको हो ।

धेरै लामो मेहेनतपछि पाटन उच्च अदालतमा न्यायको लागि निवेदन दिएको सुनाउँदै अदालतले परमादेश जारी गरेपछि बल्ल प्रहरीले जाहेरी दर्ता गरेको बताइन् । उनले भनिन्,‘बयानको आधारमा सरकारी वकिल र प्रहरी मिलेर पीडकलाई गत कात्तिक ३० गते पक्राउ गरेको जस्तो गरेर एकदिन मात्र थुनेर सरकारी वकिलको कार्यालयको पत्र अनुसार दुवैको मिलोमतोबाट हिरासत मुक्त गरियो । यसमा हाम्रो आपत्ति हो । हामीसँग विवाहको सबै प्रमाण छ । प्रहरीलाई कानुन अनुसार मुद्दा अघि बढ्ने र पीडकलाई छाडिदिनु भनेर चिठ्ठी आएपछि तुरुन्तै उहाँलाई छाडियो तर पछि मुद्दा अघि नबढ्ने भनियो ।’

मंसिर १ गते सरकारी वकिलले यथेष्ट प्रमाण नपुगेकोले यो मुद्दा अघि नबढ्ने आफैले खोजेर थाहा पाएपछि हिमालयन राई झनै विक्षिप्त बनिन् । आफुसँग विवाह पुष्टि हुने येथेष्ट प्रमाण रहेको दाबी गरिन् । हिमालयले आफूलाई न्याय दिन सम्बन्धित निकायसँग आग्रह गरिन् ।
हिमालयले ०७८ मंसिर १३ विवाह गरेको र काठमाडौंको बुढानिलकण्ठ–१० कपन स्थित निवास्मा आफूलाई भित्राइएको सुनाइन् ।

विवाहको भोलिपल्ट १४ गते सुस्मा राई, योगेन्द्र राई, सुयोङमी राई, सुनिता लोप्चन, महेश राई, सन्जय राईसहित ७ जना साथी र आफन्तसँग नगरकोट घुम्न गएको भन्दै होटलमा बस्दा खिचेको भिडियो अहिले पनि ब्लगमा सुरक्षित रहेको बताइन् ।
कांग्रेसका नेता तथा गाउँपालिकाका तत्कालिन अध्यक्ष श्रीमान् महेशसँगै वैवाहिक कार्यक्रम पछि कांग्रेसको महाधिवेशनका लागि विराटनगर, इटहरीका विभिन्न होटलमा बसेर काठमाडौंसँगै फर्किएको सुनाइन् ।

काठमाडौं फर्किएलगत्तै काठमाडौंमा महेशको स्व. जेठी श्रीमती सरस्वती राईको छोरी श्रेया राईसँगै बस्दै आएको र सोही क्रममा ०७८ फागनु १६ गते घरमा काम गर्ने बहिनीको साथमा कामको लागि बाहिर गएर फर्किदा गेट भित्रबाट बन्द भएको सुनाइन् । घरभित्र फोन गर्दा महेष राईले भित्र पस्न नदिनु भनेकोले गेट बन्द गरिएको जवाफ आएसँगै आफू प्रहरी वृत्त बौद्ध पुगेको बताइन् ।

विवाह गराउने ९कुटुनी० मालती राईले हिमालय राईको विवाहको साक्षी आफू नै भएको बताइन् । महेशले नै मन पराएर विवाह भएको उनको भनाइ छ । उनले भनिन्,‘महेशको जेठी श्रीमतीको मृत्यु भएको ६ महिनापछि विवाहको कुरा आयो र हामी अघि बढ्यौ । महेश राईले मेरो श्रीमानसँग विवाह गर्ने कुरामा सहयोग गर्नु भनिएको रहेछ । बहिनीलाई देखाइयो र केटा र केटी बिच धेरै पटक भेटघाट र कुराकानी भएपछि संस्कार पुराएर विवाह भएको हो ।’

महेस राईले स्थानीय निर्वाचन यहिकारणले हारे भने माया राईलाई समानुपातिकको तर्फबाट नेपाली कांग्रेसले मंसिर ४ पछिको निर्वाचन सकिए संगै सांसद बनाई सकेको छ । काङ्ग्रेसले जन प्रतिनिधि नपाएकै हो, पीडितलाई न्याय नदिने ? पीडितको प्रस्न छ ।

तपाईको प्रतिक्रिया