भोजपुर– नेपाल तामाङ घेदुङ षडानन्द नगर समितिको अध्यक्षमा बुद्ध सिं तामाङ निर्वाचित भएका छन् । घेदुङको दोस्रो अधिवेशनबाट अध्यक्षतामा बुद्ध सिं तामाङ सहित १३ सदस्यीय नगर समिति सर्वसहमत निर्वाचित भएका छन् ।
अध्यक्षमा बुद्ध सिं तामाङ निर्वाचित हुँदा उपाध्यक्षमा विरेन्द्र तामाङ, महिला उपाध्यक्षमा सरस्वति तामाङ, सचिव रुद्र बहादुर तामाङ, सह–सचिवमा देशराज तामाङ, कोषाध्यक्षमा धनमाया तामाङ सर्वसहमत निर्वाचित भएका हुन् । यता सदस्यहरुमा वीर बहादुर तामाङ, सदिप तामाङ, रोजिना तामाङ, शर्मिला तामाङ, डिक बहादुर तामाङ, दावा तामाङ र सम्मर तामाङ निर्वाचित भएका छन् ।

मोहन तामाङको अध्यक्षतामा भएको दोस्रो अधिवेशनमा नेपाल तामाङ घेदुङ्का केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समितिका सचिव गोपाल मोक्तानको प्रमुख आतिथ्य रहेको थियो । नव निर्वाचित नगर समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि रहेका केन्द्रिय सदस्य गोपाल मोक्तानले आजनै सपथ ग्रहण गराएका छन् ।
समितिका नवनिर्वाचित अध्यक्ष तामाङले आफ्नो संस्कार संस्कृति र हक अधिकारको विषयमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।









