भोजपुर– नेवा देय दबु षडानन्द नगर समितिद्धारा बृहत लाखे जात्रा आयोजना हुने भएको छ । नेवारी समुदायले परम्परागत रुपमा मान्दै आएको पहिचान, भाषा, कला, रितिथिति, चार्डपर्व साथै मौलिक भेषभुषा र आफ्नो पहिचान संरक्षणको लागि कार्यक्रम बृहत हुने भएको छ । विगत बर्षहरुमा सामान्य ढंगबाट गरिदै आएपनि यो बर्षदेखि फरक ढंगबाट लाखेजात्रा तथा नेवारी संस्कार संस्कृतिको संरक्षण गरिने नगर समितिका अध्यक्ष रुद्र बहादुर श्रेष्ठले जानकारी दिए ।

कार्यक्रम नागपञ्चमीको दिन दिङ्ला बहुउदेश्यीय सामुदायिक भवनमा १७ गते औपचारिक कार्यक्रम आयोजना गरि जात्राको सुरु गरिने श्रेष्ठले बताए । उनिहरुले १७ गते नागपञ्चमीको दिनदेखि जात्रा सुरु गरि २७ गते गाईजात्रा २८ हिलेजात्रा साथै भाद्र ४ गते श्रीकृष्ण जन्माष्टमीका दिन संस्कारअनुसार लाखेजात्रा सम्पन्न हुने नेवाः देय दबु नगर समितिका सचिव देवेन्द्र कुमार श्रेष्ठले बताए ।

यो भन्दा अगाडीको बर्षहरुमा सामान्यढंगबाट युवा पुस्ताहरुले लाखेजात्रामा लाखे नाच प्रर्दशन गरेर लाखेजात्रा सम्पन्न गर्दथे अहिले नेवाः देय दबु नगर समितिको गठन भएपछि संस्कार संस्कृतिको संरक्षण तथा पहिचान बचाउन लागिएको नेवाः देय दबुको भनाई छ ।

जात्रामा सबै सहभागी भई जात्राको रौनक बढाईदिनसमेत नेवाः देय दबुले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया