भोजपुर । भोजपुर पत्रकार महासंघका उपाध्यक्ष सन्देश वान्तावाको अल्पायुमै निधन भएको छ । केही दिनयता धरानस्थित घोपा क्याम्पमा उपचाररत वान्तावाको आज दिउँसो निधन भएको हो ।
नेपाल पत्रकार महासंघ भोजपुर शाखाका उपाध्यक्ष वान्तावा रेडियो भोजपुरका स्टेशन म्यानेजर पनि हुन् । किराती विगत केही समयदेखि दम, सुगर लगायतका रोगबाट पीडित थिए । उनकी श्रीमती शारदा तामाङ उनी पनि पत्रकारिता पेशामा संलग्न छिन् ।
पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राईले किरातीको मृत्युले जिल्लाको सञ्चारक्षेत्रमा अपुरणीय क्षति भएको बताए ।
‘अन्तिम बिदाई लगायतका विषयमा परिवारसँग छलफलमा छौं’, अध्यक्ष राईले भने ।









