संखुवासभा, संखुवासभाको पाँचखपन नगरपालिका–३ मा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । पाँचखपन–३ की १४ वर्षीया एलिना राईको आइतवार राती मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घरमा अचानक नाङ्गो तार छुँनपुग्दा राई घाइते भएकी आफन्तले जनाएका छन् । घाईते बालिकालाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । मृतकको शव पोष्टमार्टमाका लागि अस्पताल ल्याइएको छ ।

तपाईको प्रतिक्रिया