कास्की, कोरोना भाइरस संक्रमणको बेला धर्मको प्रचार(प्रसार गर्ने एक जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने जुम्ला घर भएर हाल पोखरा महानगर(३२, खुदी सुकुम्बासी टोल बस्दै आएका केशव आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पोखरा महानगरपालिका २९ पावर हाउसबाट नियन्त्रणमा लिइएको हो ।

राज्यले नै चासो दिएको विषयमा सर्वसाधरणलाई यशुको नाम लिएर भ्रम सिर्जना गरेकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिनुभयो ।

अहिले कोरोनाको सन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर रहेको बुझिएको छ । धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया